You are viewing the translated version of सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक नि.

Section 46
सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक नि
सर्ग: (१) कुनै व्यक्तिले दफा ४० को उपदफा (१) मा उल्लिखित तरिकाहरुमध्ये कुनै पनि तरिकाले कुनै सम्पत्ति अस्वेच्छिक रुपमा निःसर्ग गरेको एक वर्षभित्र सो सम्पत्तिको बदलामा सोही किसिमको अर्को सम्पत्तिको स्वामित्व प्राप्त गरी यो दफा लागू हुन लिखित रुपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछः-

(क) सो व्यक्तिले देहाय बमोजिमको रकमहरुको योग बराबरको रकम सो निसर्ग बापत प्राप्त गरेको मानिनेछः-

(१) निःसर्ग हुनुभन्दा तत्काल अघि सो सम्पत्ति बापतका खुद खर्च,र

(२) सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा गरिएको खर्चभन्दा सो निसर्गबाट प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जति रकम,र

(ख) सो व्यक्तिले प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा देहाय बमोजिमको रकमहरुको योग बराबरको रकम खर्च गरेको मानिनेछ ।

(१) निसर्ग हुनुभन्दा तत्काल अघि निसर्ग गरिएको सम्पत्ति बापतका खुद खर्चहरु, र

(२) सो निसर्गबाट प्राप्त गरिएको रकमभन्दा सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जति खर्च ।

(२) कुनै व्यक्तिले दफा ४० को उपदफा (२) मा उल्लिखित तरिकाहरुमध्ये कुनै पनि तरिकाबाट कुनै दायित्व अस्वेच्छिक रुपमा निसर्ग गरेको एक वर्षभित्र सो दायित्वको सट्टामा सोही किसिमको अर्को दायित्व वहन गरी यो दफा लागू हुन लिखित रुपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछः-

(क) सो व्यक्तिले उपखण्ड (१) मा उल्लिखित रकमबाट उपखण्ड (२) मा उल्लिखित रकम घटाई हुन आउने रकम सो निसर्ग बापत खर्च गरेको मानिनेछः-

(१) निसर्गको तत्काल अघि सो दायित्व बापतको खुद आम्दानीहरु बापतको रकम,

(२) सो प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकमभन्दा सो निसर्ग गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जतिको खर्च रकम,

(ख) सो व्यक्तिले प्रतिस्थापित दायित्व लिँदा देहाय बमोजिमको रकमहरुको योग बराबरको रकम प्राप्त गरेको मानिनेछः-

(१) निसर्ग हुनुभन्दा तत्काल अघि निसर्ग गरिएको दायित्व बापतका खुद आम्दानीहरु, र

(२) निसर्ग गर्दा भएको खर्चभन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जतिको रकम ।

(३) कुनै निकायमा रहेको हितको परिवर्तन वा निकायको पुनर्निर्माणको फलस्वरुप सो निकायको एउटा हितको अर्को हित (सेक्यूरिटी) बाट प्रतिस्थापना भई अस्वेच्छिक निसर्ग सिर्जना हुने अवस्थाहरु तोकिए बमोजिम हुनेछ ।